काठमाडौं। धनुषा- १ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार दीपक कार्की प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ९४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
कार्कीले २७ हजार ४३१ मत पाउँदा यादवले २१ हजार ४८३ मत मात्रै पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए ।
कार्की एमाले-जसपा गठबन्धनका उम्मेदवार थिए भने, यादव सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।
यसअघि २०७४ को आम निर्वाचनमा कार्की यादवसँगै पराजित भएका थिए । उनी अहिले यादवसँगै बदला लिएर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।