ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मनपरी ढंगले भाडा वृद्धि गर्नु खेदजनक छ

२०७९ मंसिर, ११  
१० वर्ष अघि
Tvs Raider NA

दशैंको मुखमा आएर यातायात व्यवसायीले मनपरी ढंगले भाडा वृद्धि गर्नु अत्यन्तै खेदजनक छ । यो खुलेआम ठगी हो । दशैं जस्तो चाडको बेलामा नेपालीहरू आफ्नो घरघरमा जानुपर्ने बेलामा कतै छलफल वा विमर्श नगरी भाडादर बढाउनु कुनै पनि हालतमा राम्रो होइन । यसले आमजनता, उपभोक्ता मारमा पर्छन् । अहिले कायम भाडादर वैज्ञानिक भाडादर निर्धारण समितिले तोकेको हो । तर, त्यसलाई लत्याएर व्यवसायीहरूले आआफ्नो इच्छाअनुसार भाडा वृद्धि गर्छन् भने वैज्ञानिक भाडादर लागू गर्नुको र यो समितिको औचित्य के ?

वैज्ञानिक भाडादर निर्धारण समितिले निर्धारण गरेको भाडादरभन्दा यातायात व्यवसायीले अहिले पनि ३० प्रतिशतभन्दा बढी नै भाडा लिइरहेका छन् । त्यसमाथि पनि अरू भाडा वृद्धि गर्नु वास्तवमै उचित छैन । यात्रुहरूलाई सरल, सहज यातायातको व्यवस्था मिलाउन गठन भएको यातायात व्यवस्था विभागबाट किन कुनै पहल भएको देखिँदैन ? यसरी जनता ठगिँदा पनि विभाग चुपचाप बस्छ भने त्यसको औचित्यमै प्रश्न उठ्न सक्छ ।

उपभोक्ता हरेक क्षेत्रबाट ठगिँदा पनि यसलाई रोक्न कतैबाट केही पहल भएको छैन । यस्ता विषयमा सरकार मौन बस्नु विडम्बना हो । हामीले गरेको पहलमा पनि सरकारले वास्ता गरेको छैन । त्यसकारण दशैंको मुखमा आएर जथाभावी यातायात भाडादर वृद्धि गर्नु अत्यन्तै नराम्रो काम हो ।

(उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडासँगको कुराकानीबाट)
 वर्ष ५, अंक २५, शुक्रवार, १५ असोज, २०६७ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro