काठमाडौं । नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर मंसिर ११ गतेदेखि लिलामीमा आएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन बैंकको केन्द्रीय कार्यालय तिनधारा विणामार्ग, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारीसमेत बैंकले दिएको छ ।