काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस १ गते गर्ने भएको छ ।
कम्पनीले सभा बालुवाटार प्यालेस ब्यांक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे हुने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ । त्यसैगरी सभाले सामूहिक लगानी काषको कोष व्यवस्थापक अनुमति आवेदन गर्न तथा विशिष्टीकृत लगानी कोषको आवश्यकताअनुसार कम्पनीको नियमावलीको परिच्छेद ४ को २७ को व्यवस्थामा रहेको सञ्चालक समितिको गठन तथा संख्यामा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।