ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कात्तिक महीनामा कुमारी धनवृद्धि योजनाको नाफा बढ्यो 

२०७९ मंसिर, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाको नाफा असोजको तुलनामा कात्तिक महीनामा वृद्धि भएको छ । असोज मसान्तसम्म ५० लाख ३७ हजारभन्दा बढी रहेको योजनाको नाफा कात्तिक महीनामा रू. १ करोड ८१ लाखभन्दा बढीले वृद्धि भई रू. २ करोड ३२ लाखभन्दा बढी पुगेको हो ।

असोज मसान्तको तुलनामा कात्तिक महीनामा योजनाको जम्मा आम्दानी रू. २ करोडभन्दा बढीले वृद्धि भएको छ । असोज मसान्तसम्म रू. १ करोड ७ लाखभन्दा बढी जम्मा आम्दानी रहेको योजनाको कात्तिक मसान्तसम्म यो आम्दानी रू. ३ करोड ७ लाखभन्दा बढी भएको छ । योजनाको खर्च रकम असोज मसान्तसम्म रू. ५६ लाख ९८ हजार रहेकोमा कात्तिक मसान्तसम्म रू. ७५ लाख ६४ हजारभन्दा बढी भएको छ ।

असोज मसान्तसम्म रू. १० दशमलव शून्य २ रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्म रू. १० दशमलव १७ कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरेको थियो ।

धितोपत्र एवं बैंक मुद्दती निक्षेपमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्र दलाल कमिसन सहितको लगानी लागत रू. ५८ करोड ८० लाख ३९ हजार रहेको छ । यो अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १८ करोड लगानी रहेको छ । कात्तिक मसान्तसम्म योजनाले गरेको बैंक मुद्दती निक्षेप र धितोपत्रको बजार मूल्य रू. ५८ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro