ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मधेश प्रदेशसभा : अघिल्लाे निर्वाचनमा २९ सिट जितेको जसपा आधामा खुम्चिने !

२०७९ मंसिर, १२  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा–४ (२) मा एमाले उम्मेदवार अगाडि छन् । 

प्रदेशसभामा प्रत्यक्षतर्फ नेकपा एमालेले १४ सिटमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले भने १३ क्षेत्रमा जितेको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले ९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले ६–६ र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ४÷४ सिट जितेका छन् । 

समानुपातिकतर्फ कसले कति सिट पाउलान् ? 

सोमवार बिहान ९ः४५ बजेसम्म गणना भएको समानुपातिकतर्फको १६ लाख १९ हजार ३५१ सदर मतमध्ये कांग्रेसले ३ लाख १९ हजार ७७७ मत पाएको छ । यो कूल सदर मतको १९.७४ प्रतिशत हो । समाुनपातिक मतका आधारमा एमाले दोस्रो स्थानमा छ । उसले २ लाख ८७ हजार १०४ (१७.७२ प्रतिशत) मत पाएको छ ।

यस्तै, जसपाले २ लाख २९ हजार २२१ (१४.१५ प्रतिशत), जनमत पार्टीले २ लाख २४ हजार ३७१ (१३.८४ प्रतिशत), माओवादीले १ लाख ४४ हजार ८०८ (८.९४ प्रतिशत), एकीकृत समाजवादीले ९३ हजार ५९२ (५.७७ प्रतिशत), लोसपाले ८० हजार ७८३ मत (४.९८ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५५ हजार ११७ (३.४० प्रतिशत) मत पाएका छन् । यसैगरी, नेपाल संघीय समाजवादी पार्टीले ४१ ह्जार ८१६ (२.५८ प्रतिशत) र नागरिक उन्मुक्ति पार्टीले ३९ हजार ७५७ (२.४५ प्रतिशत)  मत पाएका छन् । समानुपातिकतर्फ अहिलेसम्म १६ लाख १९ हजार ३५१ मत गणना भइसकेको छ । 

यस आधारमा मत बाँडिने हो भने समानुपातिकतर्फ ४४ सिटमध्ये कांग्रेसले १०, एमालेले ८, जसपा र जनमत पार्टीले समान ६, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले ३, लोसपा र राप्रपाले २–२ र संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समान १ सिट पाउनेछन् । 

यस आधारमा प्रदेशसभामा कांग्रेसको २३, एमालेको २२, जसपाको १५ सिट हुनेछ । यस्तै, जनमत पार्टीको १२, लोसपाको ९, माओवादी केन्द्रको ८, एकीकृत समाजवादीको ७ सिट हुनेछ । प्रदेशसभामा स्वतन्त्र सांसदको संख्या ६ रहनेछ । यस्तै, राप्रपाको २, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको १ सिट रहनेछ । 

अघिल्लो निर्वाचनमा २९ सिट जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) अहिले त्यसको आधा सिटमा खुम्चिने भएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले २९ सिट जितेको थियो । त्यो बेला तत्कालीन राष्ट्रिय जनता पार्टी (अहिलेको लोसपा)को २५ सिट थियो । त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको १ सिट जितेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro