काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा बसन्त बहादुर थापालाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले मंसिर १२ गतेदेखि लागू हुने गरेर स्वतन्त्र सञ्चालकमा थापालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।