ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेप्सेले ग¥यो एभरेष्ट बैंकको शेयर मूल्य संमायोजन

२०७९ मंसिर, १२  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार एभरेष्ट बैंकको  बोनस शेयरको मूल्य समायोजन गरेको छ । 
नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ४७७ दशमलव ७९ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. ५३९ द्यशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro