काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ ।
महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तरगत सोमवार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन शुरू गरेको हो ।
तर, सो बस्तीमा सुकुम्बासीहरूले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन ।
डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार गरी प्रतिकार गर्दा झडपको स्थिती भएको हो ।
सुकुम्बासीहरूले डोजरको प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन । महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो ।
यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहटने जिकिर गरिरहेका छन । उनीहरूले डोजर चलाउने डरले आफ्नो सामान बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन ।
तस्वीहरू : सुनिल शर्मा / आर्थिक अभियान