ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेशनल लाईफको बीमा सचेतना कार्यक्रम सम्पन्न

२०७९ मंसिर, १३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा सचेतना प्रवद्र्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरूप बझाङमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ ।कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बीमा साक्षरता सम्बन्धमा जानकारी गराइएको बताएको छ ।

उक्त कार्यक्रमहरूमा कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्त्व र आवश्यकताबारे जानकारी गराए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लिखित आधारभूत विषयबारे जानकारी गराए । सचेतना कार्यक्रममा स्थानीय शिक्षकलगायतको सहभागिता थियो ।

 यस्तै, बझाङको जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको सहभागितामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले धन्यवाद ज्ञापन गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro