ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसमै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी, को बन्लान् उम्मेदवार ? 

२०७९ मंसिर, १५  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीवार प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविकै रहेको बताए । ‘अहिले प्रधानमन्त्रीको मै हो,’ नेपाल प्रेस युनियन, चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा तनहुँ–१ बाट सांसदमा निर्वाचित पौडेलले भने ।

यद्यपि पार्टी र सत्ता गठबन्धन दलबीच यसबारे सल्लाह हुन बाँकी रहेको उनको भनाइ थियो । ‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,’ उनले भने । 

चुनावी मतपरिणाम आइरहँदा अहिले दिनहुँजसो कांग्रेस नेताले प्रधानमन्त्रीको दाबेदारी पेश गरिरहेका छन् । उक्त पदका लागि आधा दर्जनजतिले आकांक्षा राखेका छन् । यसमा महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् । तीमध्ये थापा र सिंहले त चुनावअघि नै आफू प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै मत मागेका थिए । सांसद् निर्वाचित भएपछि पनि यी दुवैले प्रधानमन्त्रीमा आफू दाबेदार रहेका बताएका थिए । नेता सिंहले त ‘गगन बच्चै भएकाले’ आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताएका थिए । 

प्रधानमन्त्रीको आकांक्षालाई स्वभाविकै ठान्छन्, कांग्रेस प्रवक्ता प्रकाशसरण महत । सांसद्मा निर्वाचित भएका व्यक्तिले प्रधानमन्त्रीको आकांक्षा राख्नुलाई स्वभाविकै रहेको उनको भनाइ छ । यसको निर्णय संसदीय दलको चुनावले गर्ने उनले बताए । नेपाली कांग्रेसको विधानमा संसदीय दलको नेता नै पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुन्छ । 

कांग्रेसमा प्रधानमन्त्रीका लागि दाबी रहेको बताउने नेताभन्दा ‘बलिया’ दाबेदार हुनुहुन्छ, पार्टी सभापति शेरबहादुर देउवा । तर, उहाँले प्रधानमन्त्रीमा आफ्नो दाबीबारे बोल्नुभएकाे छैन । देउवाले प्रधानमन्त्रीमा आफ्नो दाबीबारे नबोल्नुभए पनि उहाँ कांग्रेसबाट प्रधानमन्त्रीका ‘बलियो’ दाबेदार रहनुभएकाे एक नेता बताउँछन् ।

आफू प्रधानमन्त्रीमा दोहोरिने योजना अनुसार प्रत्यक्षतर्फको टिकट बाँडेको र समानुपातिक निर्वाचनतर्फको सूची बनाएको पार्टी स्रोतले बताउँछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [3]
User Image

Bikash. Yadav

[Dec 17, 2022 09:42am]

Rajnitik


User Image

Lokendra

[Dec 7, 2022 06:31pm]

Ramro


User Image

Salendra

[Dec 2, 2022 06:33am]

Sah



   

TVCNepali Patro