ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाली वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिने तयारी

२०७९ मंसिर, १५  
बजार विविध
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली वायुसेवालाई आगामी डिसेम्बर १३ मा विभिन्न १६ ओटा विधामा अवार्ड दिइने भएको छ । 
उक्त अवार्डलाई पारदर्शी तथा स्वच्छ बनाउनका लागि आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्ड गठन गरिएको छ । हाल नो सदस्य रहेको उक्त बोर्डले कार्य प्रारम्भसमेत गरिसकेको छ ।

 विधामा नोमिनेसन भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्बसाधारण, ट्राभल एजेन्सि र वायुसेवा स्वयंले समेत गर्नसक्ने भोटिङमा रहने अशुद्धि हटाई अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाइने बताइएको छ ।

नोमिनेसन बोर्डले आपासी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्का उपाध्यक्ष्य लाल चन्द्र गौतमले बताए । 
नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने र नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवाडस्स नेपाल २०२२ घोषणा गरिने भएको हो । 

यस अवार्डको नोमिनेसन बोर्डमा नायिका बर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गिता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राज भाई सुवाल,  इन लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह संस्थापक मनिस मोदी र गै्रह आवसिय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी रहेका छन् ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका २७ ओटा वायुसेवा प्रदायक र आन्तरिक तर्फका नौ ओटा वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro