ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अर्थमन्त्री र गभर्नरले 'मञ्च सेयर' गरेपछि नेप्सेमा हरियाली, अर्थतन्त्रको बारेमा के भनेका थिए ?

२०७९ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ११ दशमलव २२ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक १ हजार ९६१ दशमलव ०६ विन्दुमा पुगेको छ । 

यस दिन कारोबारमा आएका २४१ धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता २१ हजार १८६ पटकमा रू. १ अर्ब ३२ करोड २९ लाख ७२ लाख १८५ बराबरको शेयर खरीदविक्री भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको बताएका थिए ।

अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा लागेको दाबी गर्दै नबुझ्ने मानिसले मात्र अर्थतन्त्रमा संकट देखेको स्पष्ट पारेका छन् । सोही कारण पनि बिहीवार शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रबारे सकारात्मक भाषण गरेसँगै लगानीकर्ताहरू पनि शेयर बजारप्रति सकारात्मक भएका छन् । 

यसो त पछिल्लो समय ब्याजदर घट्दो क्रममा रहेको छ । लामो समयदेखि घटेको बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य न्यून विन्दुमा रहेको छ । यो समय भनेको दीर्घकालीन र अल्पकालीन दुवै समूहका लगानीकर्ताका लागि लगानी गर्ने उचित समय भएको शेयर विश्लेषकहरू बताउँछन् ।

बिहीवार कारोबारमा आएका २४१ धितोपत्रमध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९२ दशमलव ६० पुगेको छ । त्यसैगरी श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्ष्ट्रक्शन लिमिटेडको शेयर मूल्य ९ दशमलव २१ प्रतिशत वृद्धि भएर रू. २६४ दशमलव ३० पुगेको छ । 

त्यस्तै यस दिन सिटिजन्स म्युुचुअल फण्ड १ को इकाई मूल्य ३ दशमलव ६४ प्रतिशत घटेको छ । यस फण्डको इकाई मूल्य प्रतिइकाई रू. ७ दशमलव ९५ कायम भएको छ । त्यसैगरी दोस्रोमा घलेम्दी हाइड्रोको शेयर मूल्य २ दशमलव ६३ प्रतिशत घटेर रू. २०७ मा झरेको छ । 

बिहीवार नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । बैंकको रू. १४ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ९१३ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल क्रेटिड एण्ड कमर्स बैंकको प्रमोटर शेयर रू. ८ करोड १३ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचक शून्य दशलमव २० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको समूहगत परिसूचक १ दशमलव २८ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro