ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

११ महीनामा भित्रिए साढे ५ लाख पर्यटक, धेरै पर्यटक आउने तेस्रो मुलुकमा अमेरिका र बेलायत

२०७९ मंसिर, १५  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो ११ महिनामा साढे ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार आठ सय ३१, बेलायतबाट ५ हजार एक सय ६५ र अष्ट्रेलियाबाट ३ हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट २ हजार दुई सय १८, थाइल्यान्डबाट २ हजार चार सय ४१ पर्यटक आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro