ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको प्रदर्शनी हुने

२०७९ मंसिर, १६  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं  । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो २०२२’ हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा मङ्सिर २२ गतेदेखि काठमाडौंमा प्रदर्शनी हुने भएको हो । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास, अन्तरराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धन गर्ने उद्देश्य रहेको प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।

दशौं संस्करणको उक्त प्रदर्शनीको प्रायोजक राठी स्वीच एण्ड केबल रहनेछ । प्रदर्शनीको नारा ‘नेपालको समृद्धि : ऊर्जा खपत अभिवृद्धि’ रहेको आयोजकको भनाइ छ । राष्ट्रिय एवं अन्तरराष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट हुने अवसर प्रदर्शनीले प्रदान गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro