ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

लगातार दुई दिन घट्यो डलरको भाउ, कति छ आजको मूल्य ?

२०७९ मंसिर, १६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ । बिहीबार ४८ पैसाले घटेको डलर शुक्रवार ३३ पैसाले घटेको हो । 

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तोेकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने विक्रीदर १३० रूपैयाँ २५ पैसा छ । गत बिहीवार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा छ भने विक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो ।  बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो । 

डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो । 

आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो । 

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro