काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस ११ गते गर्ने भएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा ३ बालुवाटारमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।