काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गरेसँगै मंसिर १८ गते (आइतवार) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौं, बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुनेछ ।