काठमाडौ । स्थानीय बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार १०० रूपैयाँ कायम भएको छ । विहीवार सुन प्रतितोला ९८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३४५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:१२ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७९८ दशमलव ४० डलर पुगेको छ । बिहीवार स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८०२ डलरमा ४४ पैसामा बन्द भएको थियो ।
आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो ।