काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३४ औं वार्षिक साधारण सभा आइतवार (मंसिर १८ गते) हुने भएको छ ।
काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे सभा शुरु हुने कम्पनीले जनाएकाे छ । सभामा १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।