ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कालिञ्चोक दर्शनको आईपीओमा विदेशमा राेजगार गर्ने नेपालीकाे आकर्षण, ३ दिनमै कोटा पूरा

२०७९ मंसिर, १६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा तेस्रो दिनसम्ममा वैदेशिक रोजगारीमा गएका नेपालीबाट मागभन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार शुक्रवार १०:१६ सम्ममा ३४४ जना नेपालीबाट १ लाख ७२ हजार ८९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १ दशमलव ६ गुणा बढी हो । 

कम्पनीले सर्वसाधारणमा जारी हुने १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता आरक्षणस्वरूप वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको हो । 

कम्पनीले मङ्सिर १४ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसँगै आयोजना प्रभावित स्थानीयका लागि समेत आईपीओ जारी गरेको छ । स्थानीयबाट संकलन भएको आईपीओको तथ्यांक भने कम्पनीले सार्वजनिक गरेको छैन । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । 

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेसम्म मात्र आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेगा बैंक, सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro