ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

उपत्यकाका अधिकांश सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल, ५४ ओटाको परीक्षणमा १६ मात्रै पास

२०७९ मंसिर, १६  
समाचार
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । 

शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।

आज विभागले गरेको ५४ ओटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ ओटा सवारीसाधन फेल भएको पाइएको छ भने १६ ओटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ । 

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरू फिर्ता लैजान पाउने बताए । 

उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रूपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए । आगामी दिनमा सवारीसाधनहरू प्रदूषण फेल भएर चलाएको पाएमा कारबाही गर्न विभाग पछि नहट्ने उनको भनाइ छ । 

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पु¥याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

niranjan aryal

[Dec 2, 2022 07:14am]

अचम्म, प्रदूषण पनि हेर्ने गरेको छ र? यातायात व्यवस्था अस्तव्यस्त छ को ले हेर्ने? जसले जहाँ जसरि चलाएपनि भाको छ? भाडाका सवारी साधनको लेन मिच्ने र जहाँ पायो तेह रोक्ने आतंक उस्तै छ? जत्रो बाटो भएपनि एम्बुलेन्स को लागि कतै बाटो छैन/ पैदल यात्री तेस्तै फूटपाथ भएको ठाउँ मा पनि road बाट नै हिड्नु पर्ने./ सवारी नंबर बिना नै सवारी कुदाउन पाउने/ यस्तो भद्रगोल मा प्रदुसनको त कुरै नगरौ / पैसा खायो छोड्यो/ कैले आउला सिस्टम देशमा? कठै मेरो देश



   

TVCNepali Patro