ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेप्सेले गर्‍यो मेगा बैंकको शेयर मूल्य समायोजन

२०७९ मंसिर, २१  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार मेगा बैंक नेपाल लिमिटेडको  बोनस शेयरको मूल्य समायोजन गरेको छ । 

नेप्सेले ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २०४ दशमलव ६२ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. २१२ दशमलव ८० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २३ गते बुक क्लोज गरेसँगै भोलि मंसिर २२ गते सार्वजनिक बिदाका कारण आज नेप्सेले शेयर मूल्य संमायोजन गरेको हो । 
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभागृह प्रदशनी मार्ग काठमाडौंमा हुने जानकारी दिएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro