ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सानिमा बैंकको १८औं वार्षिकोत्सव सम्पन्न

२०७९ मंसिर, २२  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सानिमा बैंकको १८औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बुधवार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले निरन्तर दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानपत्र प्रदान गरे । सो क्रममा पाण्डेले १८ वर्षको अवधिमा सबल र विश्वसनीय बैंकको रूपमा स्थापित भएको बताए । बैंकलाई यो अवस्थामा पुर्‍याउन सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरे ।

आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालीमको व्यवस्था मिलाउने उनले बताए । वार्षिकोत्सवको अवसरमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र तीनकुनेस्थित कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताको सहभागिता थियो । बैंकले आगामी पुस ९ गतेसम्म सातै प्रदेशका शाखामार्फत रक्तदान कार्यक्रम गर्ने बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro