काठमाडौं । कुमारी बैंकले २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकको भनाइ छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।