काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने बैंकको भनाइ छ ।