ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आज यःमरी पुन्हि, नेवार समुदायले धुमधामसँग मनाउँदै

२०७९ मंसिर, २२  
समाचार
Tvs Raider Image Not Found
य:मरी पुन्हि अर्थात् ज्यापु दिवसका अवसरमा काठमाडौंमा निकालिएकाे र्‍याली । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरी पुन्हि । नेवार समुदायले आज यो पर्व धुमधामसँग मनाउँदैछन् । 

यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । 

यःमरीलाई पञ्चतत्त्वको रुपमा मानिएको छ । यःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ । 

यस दिन पूर्वी पहाडी जिल्लाका किराँत समुदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । दिवसका अवसरमा आज राजधानीमा लखनटोलबाट र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरू विभिन्न परम्परागत बाजा बजाउँदै गल्ली परिक्रमा गरिरहेका छन् । गल्ली परिक्रमा गरिसकेपछि उक्त र्‍याली वसन्तपुरमा कोणसभामा परिणत हुनेछ । 

खसआर्य समुदायले पनि यस दिनमा कूल पूजा, देवाली पूजा गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro