ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उपत्यकामा यसरी मनाइयो यःमरी पुन्हि [फोटो फिचर]

२०७९ मंसिर, २२  
फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । ‘यःमरी पुन्ही’ अर्थात् यमरी पूर्णिमाका दिन घरघरमा यःमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । नेवार समुदायले आज यो पर्व धुमधामसँग मनाउँदैछन् ।

यस पर्वमा विशेषगरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बिहीवार धुमधामका साथ यःमरी पुन्हि पर्व मनाइरहेका छन्। उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

ज्यापु दिवसका अवसरमा आज राजधानीमा लगनबाट र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरू विभिन्न परम्परागत बाजा बजाउँदै गल्ली परिक्रमा गरेका छन् । परिक्रमा पछि उक्त र्‍याली वसन्तपुरमा कोणसभामा परिणत भएको छ ।

तस्वीरमा हेर्नुस् य:मरी पुन्हिकाे राैनक

तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro