ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गहुँ छर्ने समयमा पर्साका किसानलाई मल र बीउको अभाव

२०७९ मंसिर, २२  
मधेश प्रदेश
Tvs Raider Image Not Found

वीरगञ्ज । धान बाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइमा लागेका छन् ।

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डीएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी संघमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएका छन् । मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ । 

‘हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौं,’ वीरगञ्ज महानगरपालिका-२८ स्थित योङ स्टार सहकारीका सञ्चालक हरिशंकर महतोले भने ।

गहुँ बालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँ बाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन् । ‘यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरीले ल्याउन दिएको छैन,’ वीरगञ्ज-१६ का रामबालक चौरसिया बताउँछन् । मल मात्र होइन, किसानलाई गहुँको बीउसमेत अभाव भएको छ ।

यसैबीच पर्सा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा पुगी सहज रूपमा किसानलाई मल उपलब्ध गराउनेबारे छलफल गरेका छन् ।

त्यसैगरी पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले पनि पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका कर्मचारीहरूसित मलको अवस्थाबारे जानकारी लिएका छन् । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro