ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारतमा शेयर कारोबार समय परिवर्तन, बजार थप डेढ घन्टा खुलाउने तयारी

२०७९ मंसिर, २२  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

नयाँदिल्ली(भारत) । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले कारोबार समयमा व्यापक  हेरफेर गरेको छ। 

कारोबार समयलाई परिवर्तन गरेर आरबीआईले कोरोना महामारीअधिको अवस्थामा फर्काउने निर्णय गरेको हो। भारतको केन्द्रीय बैंकको यो निर्णयपछि अब शेयर बजारमा कारोबार समय बढेको छ। 

नयाँ परिवर्तित समय अगामी डिसेम्बर १२ देखि लागू हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। आरबीआईले डिसेम्बर १२ देखि कोरोनाअघिको अवस्था अर्थात् बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कारोबार गर्ने निर्णय गरेको छ। यसअघि  अपरान्ह ३ः३० बजेसम्म शेयर बजार खुल्ने गरेको थियो। अव लगानीकर्ताले कारोबारका लागि डेढ घन्टा थप समय पाउने बताइएको छ । 

यो निर्णयसँगै लगानीकर्ताले कल, नोटिस, टर्म मनी, कमर्सियल पेपर र डिपोजिटको प्रमाणपत्र, कर्पोरेट बन्डको कारोबार गर्नपनि  डेढ घन्टाको अतिरिक्त समय पाउने छन् । यसअघि कोरोना महामारी शुरु भएपछि अर्थात् सन् २०२० को अप्रिल ७ देखि शेयर बजारको कारोबार समय घटाइएको थियो। एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro