काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले मङ्सिर २३ गते शुक्रवार विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ ।
विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मङ्सिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्नेछ ।
सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १५ गते एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा मङ्सिर १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।