ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सम्पन्न हुँदै ढोलाहिटी–लेले सडक

२०७९ माघ, ३  
बागमती प्रदेश
Tvs Raider NA

काठमाडौं । निर्माण शुरू भएको ६ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न हुने भएको छ । यो सडक तीन प्याकेजमा निर्माण भएकोमा अधिकांशको काम सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ ।

सुनाकोठीमा झन्डै ८०० मिटर सडक एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउन्ड रहेकाले पुन: भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । सडक विस्तारका लागि भएका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माण सम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन तथा त्यहाँका संरचना हटाउन लामो समय लाग्ने देखिए पनि अब निर्माण छिट्टै सम्पन्न गरिने उनको भनाइ छ । ‘पर्खाललगायतका ेकाम पनि सकिएको छ, सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन,’ उनले भने । सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जंगल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro