ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

२०७९ माघ, ३  
बजार
Tvs Raider NA

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले विज्ञप्ति जारी गर्दै आइतवार भएको विमान दुर्घटनाले पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको बताएका छन् ।

‘कोरोना भाइरस महामारीबाट भर्खरै तँग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ,’ टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रूपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभई देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव सापकोटाले बताए ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए । आगामी दिनमा यस्ता दुर्घटना कम गर्नेबारे राज्यका जिम्मेवार निकायले गहन रूपमा सोचेर कदम चाल्ने उनको भनाइ थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro