ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

निर्माण व्यवसायी संघ रौतहटमा दुई जना मनोनीत

२०७९ माघ, ३  
मधेश प्रदेश
Tvs Raider Image Not Found

रौतहट । निर्माण व्यवसायी संघ रौतहटले दुई जना सदस्य मनोनीत गरेको छ । संघको प्रावधानअनुसार दुई जनालाई जिल्ला समिति सदस्यमा मनोनीत गरिएको हो । मनोनीत हुनेहरूमा मोहमद जहाँगीर राकी र प्रमोद यादव छन् । गत असारमा संघको सातौं साधारणसभाबाट कृष्णदेव यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव, प्रथम उपाध्यक्षमा पवन किशोर साह र उपाध्यक्षमा उपेन्द्र यादव, प्रह्लाद साह, प्रमोद महतो कोइरी र राम वशिष्ट राय यादव निर्वाचित भएका थिए । त्यस्तै महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी चयन भएका थिए । संघको विधान अनुसार नयाँ कार्यसमिति चयन भएको तीन महीनापछि दुई जनालाई मनोनीत गरिन्छ । १९ सदस्यीय जिल्ला कार्यसमिति रहेकोमा दुईजना थपिएसँगै २१ सदस्यीय बनेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro