ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मधेश प्रदेशमा सिटिजन्स बैंकका थप दुई शाखा

२०७९ माघ, ३  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मधेश प्रदेशको सर्लाहीस्थित बरहथवा र वीरगञ्जको कृष्ण प्रणामी चोकमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या मधेश प्रदेशमा २९ र मुलुकभर १८२ पुगेको छ । बैंकका सबै शाखा सुविधासम्पन्न रहेकाले ग्राहकले आवश्यकताअनुसार वित्तीय सेवा लिन सक्ने बताइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा दिइने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । बैंकले हाल १३५ ओटा एटीएम र ९७ ओटा शाखारहित इकाइबाट कारोबार गर्दै आएको छ । बैंकका करीब १५ लाख ग्राहक छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro