ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

टीभीएसका दुई बाइकलाई अवार्ड

२०७९ माघ, ३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । टेकलेख अवार्डमा टीभीएस रेडर १२५ र अपाचे आरटीआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेका छन् । यी बाइकका पर्फर्मेन्समा भएका सुधारहरूको आधारमा उक्त अवार्ड पाएको कम्पनीले जानकारी दिएको छ । रेडर १२५ को किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरका कारण सो बाइकले अवार्ड पाएको कम्पनीको भनाइ छ । टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथ एड्जस्टेबल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषता छन् ।

साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्स थप आकर्षक बनाएको कम्पनीको भनाइ छ । एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनले शक्ति दिने यस बाइकले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता रहेको छ । जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक विक्रेता हो । गतवर्ष पनि रेडरले टेकलेखसहितका अवार्डहरू पाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro