ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

फलफूलखेतीमा रमाउँदै डोटीका युवा

२०७९ माघ, ३  
सुदूरपश्चिम प्रदेश
Tvs Raider Image Not Found

दिपायल । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवाले व्यावसायिक फलफूलखेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी अहिले फलफूलखेतीमा रमाएका छन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा फार्म दर्ता गरी रू. १० लाख लगानीमा उनले आफ्नो बाँझो जमीनमा फलफूलखेती गरिरहेका छन् । करीब ५४ रोपनी क्षेत्रफल जमीनमा तीन हजार बोट कागती, निवुवा, सुन्तला र केरा रोपेका छन् । कागतीखेतीबाट उनले वार्षिक रू. चार लाख आम्दानी लिएको बताए ।

लगानीको तुलनामा कागतीखेतीबाट नाफा बढी हुने उनले बताए । ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, मेहनत पनि कम लाग्ने, आम्दानी राम्रो हुने भएकाले कागतीखेतीतर्फ आकर्षित भएँ,’ उनले भने ।

लामो समय भारतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेश फर्केका बडीकेदार गाउँपालिका–५ थान्कोटका प्रकाश मल्ल पनि व्यावसायिक कृषिमा लागेका छन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएका उनले वार्षिक रू. एक लाख आम्दानी हुने बताए । स्थानीय सरकारले कृषिलाई प्रभावकारी बनाउन अनुदान र शीपमूलक तालीममा आधारित कृषि कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

डोटीमा कागती ८८ हेक्टर, निबुवा २८१ हेक्टर, मौसमी १७२ हेक्टर र सुन्तला ३१३ हेक्टर गरी ८५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूलखेती भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro