ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अपि पावरले ७.५ % बोनसपछि ४० % हकप्रद शेयर जारी गर्ने

२०७९ माघ, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

चुक्तापूँजी रू. ३ अर्ब ८४ करोडभन्दा बढी रहेको कम्पनीले गत वर्षको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको कम्पनीले पूँजी वृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । 

कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । 

यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro