ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

चीनको आर्थिक वृद्धिदर आधा शताब्दीयताकै न्यून ! गत वर्ष ३ प्रतिशतले मात्रै बढ्यो

२०७९ माघ, ३  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

पेचिङ । सन् २०२२ मा चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको छ । यो आधा शताब्दीयताकै दोस्रो न्यूनदर हो । यसले कोरोना भाइरसविरुद्ध चीनले अपनाएको शून्य सहनशीलताको नीतिका कारण आर्थिक वृद्धिदर कसरी चौपट भएको रहेछ भन्ने छर्लङ्ग पारेको छ ।

समीक्षा अवधिको वृद्धिदर चीन सरकारको लक्षित स्तरभन्दा पनि निकै तल झरेको छ । सो अवधिमा सरकारको आर्थिक वृद्धिको लक्ष्य साढे ५ प्रतिशत थियो । तर गएको महीना चीन सरकारले एक्कासी कोभिड विरुद्ध शून्य सहनशिलताको नीति खारेज गरेको छ । 

यो नीतिले गएको वर्षभर आर्थिक गतिविधिमा उल्लेख्य प्रभाव पार्यो । गएको महीनाको घोषणापछि अहिले चीनमा संक्रमण अनियन्त्रित भएको छ । एक महीनामै ६० हजारको कोभिडकै कारण मृत्यु भयो । कोभिडसम्बन्धी नियन्त्रण हटाउँदा यो वर्षको पूर्वार्द्धमा आर्थिक वृद्धिदर प्रभावित हुने जोखिम बढेको छ । सन् २०२० मा महामारी भर्खरै शुरु भएको बेलाबाहेक गत वर्षभर चीनको जीडीपीमा देखिएको वृद्धि सन् १९७६ यताकै न्यून हो । उक्त वर्ष माओ त्सेतुङको मृत्यु भएको थियो । 

सन् २०२२ को वृद्धि तथ्यांक आफूहरूले अनुमान गरेकोभन्दा राम्रो भएको चीनका लागि बीएनपी परिबासमा लागि डेपुटी चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङ बताउँछिन् । चीनको आर्थिक वृद्धिदरबारे विज्ञहरूले चिन्ता देखाइरहेका छन् । जीडीपी तथ्यांकसँगै खुद्रा विक्री र कारखाना उत्पादन लगायत तथ्यांकहरू पनि सार्वजनिक गरिएका छन् । यिनीहरू पनि अपेक्षाकृत राम्रो भए पनि महामारीपूर्वको स्तरको भन्दा निकै कमजोर छ । वर्षको अन्त्यमा महामारी ह्वात्तै बढेको भए पनि घरपरिवारको खपत भने नघटेको देखिन्छ । 

चीनले सारा विश्वका लागि आफ्नो सीमा र अर्थतन्त्र दुवै खुलाएकोले यो वर्ष अर्थतन्त्रमा सुधार आउने आशा गरिएको छ । तर, मंगलवारको तथ्यांकले तीन वर्षसम्म कोभिडविरुद्ध कडाइका साथ उत्रिँदा अर्थतन्त्र चौपट भएको अनि, अर्थतन्त्र उकास्न राष्ट्रपति सि चिनफिङसामु रहेको व्यापक चुनौती उजागर गरेको छ । अघिल्लो त्रैमासको तुलनामा गएको वर्षको चौथो त्रैमासको वृद्धिदर झनै सुस्त रह्यो । 

सो अवधिमा अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले मात्रै बढेको थियो । यो अर्थशास्त्रीहरूको अनुमानभन्दा सन्तोषजनक थियो । गएको वर्ष कयौं ठूला शहरमा कोभिडको प्रकोप फैलिएपछि चीनले कठोर प्रतिबन्धहरू लगाएको थियो । गएको वर्षको तुलनामा यस वर्ष अर्थतन्त्रमा सुधार आउने आशा गरिएको छ । तर, अहिले कोभिडको आतंक, घरजग्गा बजारको संकट, निर्यातमा कमी आदि चुनौती रहेको छ । गएको वर्ष चीनको ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro