काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलवार मध्यान्ह १२ बजेबाट अवरुद्ध भएको हो ।
नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको उपभोक्ताको गुनासो छ । सेवा अवरुद्ध भएपछि उपभोक्ताहरू समस्यामा परेका छन् ।
टेलिकमले भने सेवा अवरूद्धबारे अहिलेसम्म जानकारी दिएको छैन ।