काठमाडौं । पोखरामा आइतवार यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २५ ओटा शव हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २५ ओटा शव हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । ती शव काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म ७० जनाको शव फेला परेको र तीमध्ये २२ ओटा शव सनाखत गरी पोखरामै बुझाइएको छ । बाँकी २३ ओटा शव दोस्रो चरणमा काठमाडौं ल्याइने प्राधिकरणले जनाएको छ ।
उक्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।