ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नासा सेक्यूरिटिजमा २५ लाखसम्मको मार्जिन कारोबार सुविधा

२०७९ माघ, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नासा सेक्यूरिटिजले मार्जिन कारोबार सुविधाको सीमा बढाएररू. २५ लाख पुर्‍याएको छ । 

यसअघि रू. १० लाखसम्मको मार्जिन कारोबार सुविधा प्रदान गर्दै आएको नासाले एउटै लगानीकर्तालाई २५ लाख रूपैयाँसम्म मार्जिन कर्जा प्रदान गर्ने भएको हो । गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सेवा प्रदान गर्दै आएको नासाले दुई योजना थप गर्दै मार्जिन कर्जाको सीमा बढाएको हो ।

उक्त दुई योजनाअन्तर्गत रहेर लगानीकर्ताहरूले रू. २५ लाखसम्मको कारोबार गर्न सक्ने नासाको भनाइ छ । रू. २५ लाखसम्मको कारोबार गर्ने लगानीकर्ताले ४० प्रतिशत रकम भुक्तान गरी ३० दिनसम्म रकम चलाउन पाउनेछन् । ३० दिनकोलागि रू. २५ लाखरकम चलाएबापत सेवाग्राहीले २४ हजार ५५५ रुपैयाँ सेवा शुल्क बुझाउनुपर्नेछ । साथै रू. २५ लाख नै ५८ दिनको लागि चलाउने सेवाग्राहीले ४९ हजार ९५५ रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने नासाको भनाइ छ ।

नासाले यसअघिका दुई योजनाको सेवा शुल्क भने घटाएको छ । ३० दिनको योजनामा ४ दशमलव ४४ प्रतिशत र ५८ दिने योजनामा ७ दशमलव १३ प्रतिशत शुल्क घटाएको जानकारी नासाले दिएको छ । यसअघिको पहिलो योजनाअन्तर्गत रू. १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद राखी कारोबार गर्न पाउने सुविधा थियो । 

यस योजनाको लागि नासाले ३० दिनको अवधि तोकेको थियो । यस योजनाको लागि यसअघि सेवा शुल्क र ब्याजसहित जम्मा रू. ९ हजार ९९९ लाग्नेमा अब भनेसेवा शुल्क र ब्याजसहितरू.९ हजार ५५५ मात्रलाग्ने भएको छ । नासाबाट प्रदान हुने सबैखाले मार्जिन कारोबार सुविधा लिन चाहने लगानीकर्ताले निवेदन दिएको ५८ मिनेटमै सेवा पाउनेजानकारी दिइएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो । सो समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाहरूले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । 

नेप्सेले ब्रोकरहरूको मागबमोजिम आवश्यक बुँदाहरू संशोधन गरी गत वैशाख १४ गतेदेखि कार्यविधि लागू गरेको हो । हाल नासा सेक्यूरिटिजले मात्र मार्जिन कारोबार सुविधा प्रदान गरिरहेको छ । नेप्सेले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताहरूले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । 

संशोधित व्यवस्थाअनुसार लगानीकर्ताहरूले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको छ । लगानीकर्ताहरूले मार्जिन कर्जाको लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था भएको छ । 

यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो ।लगानीकर्ताहरूले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro