ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने नवनियुक्त शहरी विकासमन्त्री पाण्डेको प्रतिवद्धता  

२०७९ माघ, ३  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् । 

मंगलवार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपालको पश्चिम क्षेत्रमा खोलामा झोलुङ्गे पुल नहुँदा तुइनबाट खोला तर्नुपरेको र तुइनबाट खोलामा खसेर मुत्यु हुने गरेकाले यसलाई विस्थापित गर्ने उनको भनाइ छ । 

उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए । मन्त्री पाण्डेले कालीगण्डकी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने प्रतिबद्धता गरे । उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए । 

मन्त्री पाण्डेले विकास निर्माणका रोकिएका कामको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए । उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको उनको भनाइ छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro