ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सटरबाहिर सामान राखे नियन्त्रणमा लिन मेयर कोइरालाको निर्देशन

२०७९ माघ, ४  
प्रदेश ०१
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । पसलको सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ व्यापार नियन्त्रण र पार्किङ व्यवस्थापनको काम तीव्र बनाएको छ ।

महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमवार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । सटरभन्दा बाहिर सामान राखेको पाइए नियन्त्रणमा लिन महानगर प्रहरीलाई मेयर कोइरालाले निर्देशन दिएका छन् ।

‘महानगरले पटक पटक सार्वजनिक सूचना प्रकाशन र माइकिङ गरेर सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ,’ उनले भने, ‘सटर बाहिर सामान राखे अब महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा गुनासो गर्न पाइँदैन ।’ विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न उनले आग्रह समेत गरे । अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नं वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता थियो ।

महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोशी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेको छ । त्यसैगरी महानगरले हिमालय रोडमा रहेको शपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro