ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

दोस्रो त्रैमासमा फर्ष्ट माइक्रोफाइनान्सको नाफा ३८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२०७९ माघ, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवमा रू. १० करोड ४४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १४ करोड ४४ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा रू. २१ दशमलव ६६ रहेकोमा चालू आवमा बढेर रू. २५ दशमलव १८ पुगेको हो । त्यस्तै चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड ८६ लाख रहेको छ । 

१९ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड पुगेको हो । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. २३ करोड ९७ लाखर रिटेण्ड अर्निङमा रू. १४ करोड २० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ८ अर्बभन्दा बढी सापटी लिएर रू. १० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ९३ गुणा, तरलता अनुपात २ दशमलव ३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २७ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro