ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ईयूमा पाम तेल निर्यातमा रोक लगाउने विचारमा मलेशिया

२०७९ माघ, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पाम तेल उत्पादक देश मलेशियाले यूरोपेली संघतर्फ पाम तेलको निर्यात रोक्नेबारे विचार गरिरहेको छ । ईयूले वनविनाश हुने चिन्तामा पाम तेलको आयातमा अतिरिक्त प्रतिबन्धको घोषणा गरेपछि मलेशियाले पनि त्यसतर्फको निर्यात रोक्ने विचार गरिरहेको हो ।

ईयूले घरेलु तेलहन उद्योगलाई टेवा दिन लामो समयदेखि मलेशिया र इन्डोनेशियाबाट आयात हुने पाम तेलमा विविध खाले व्यापार प्रतिबन्ध लगाउँदै आएको आरोप यी दुई देशको छ । ईयूले नवीकरणीय ऊर्जा निर्देशिकाको कारण यूरोपमा पाम तेलको निर्यात प्रभावित भएको थियो । यसमाथि ईयूको वनविनाश रोक्ने नियमले आगोमा घ्यूको काम गरेको छ । यो नियमनले सन् २०३० सम्ममा ईयूले पाममा आधारित इन्धनको प्रयोग बन्दै गर्न भनेको छ । ईयूले भटमास, तोरी र सूर्यमुखीको तेलको तुलनामा पाम तेलमा कठोर सुरक्षा मापदन्ड तोकेको छ । 

विश्वको कूल पाम तेल निर्यातमा इन्डोनेशिया र मलेशियाको अनुपात ८५ प्रतिशत छ । यी दुवैले विश्व व्यापार संगठनमा ईयूको नवीकरणीय ऊर्जा निर्देशिकाविरुद्ध छुट्टाछुट्टै मुद्दा हालेका छन् । 

दुवै देशले ईयूको मापदण्ड पूरा गर्न पहल पनि गरेका छन् । तर, ईयूले नयाँ-नयाँ प्रतिबन्ध लगाउन छाडेको छैन । आफ्नो नियमावलीले कुनै पनि देशलाई निशाना बनाउन नखोजेको कमोडिटि उत्पादनले थप वनविनाश नहोस् भन्ने मात्रै चाहेको ईयूका अधिकारीहरूको भनाई छ । 

ईयू र मलेशियाबीचको यो खिचातानीले अहिले नै तेलको भाउमा केही असर परेको छैन । तर, केही व्यापारीहरूले यसलाई बियरिश सिग्नल बताएका छन् । सम्भावित प्रतिबन्ध र ईयूले चल्न सक्ने उपायहरूबारे मलेशियाले इन्डोनेशियासँग छलफल गर्ने बताएको छ । मलेशियाले ईयूतर्फ निर्यातमै प्रतिबन्ध लगाउने कि महसुल लगाउने भन्ने स्पष्ट भइसकेको छैन ।

सन् २०२२ मा मलेशियाको कूल पाम निर्यातमा ९ दशमलव ४ प्रतिशत अनुपात ईयूले ओगटेको छ । सन् २०१५ यता ईयूतर्फ पाम तेलको निर्यात घट्दै आएको छ । सन् २०२२ मा ईयूतर्फ मलेशियाको पाम तेल निर्यात अघिल्लो वर्षको भन्दा १० प्रतिशतले घटेर १४ लाख  ७० हजार टनमा झरेको थियो । सन् २०१५ को भन्दा यो ४० प्रतिशत कम हो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro