ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, साधारण सभा प्रयोजनको लागि पनि बुक क्लोज मिति तय

२०७९ माघ, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

माघ ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय विद्युत् नियमन आयोगमा अनुमतिका लागि पेश गरेको पनि जानकारी दिएको छ ।

कम्पनीले साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत् आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न कम्पनीको बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्न साधारण सभाबाट पारित गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । स्वीकृति पाएपछि कम्पनीले रू. १०० अंकित दरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ । 

त्यस्तै कम्पनीले लाभांश पारितका लागि माघ २९ गते २१औं साधारण सभा गर्ने पनि जानकारी दिएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro