काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १७औं तथा १८औं वार्षिक साधारण सभा माघ २५ गते गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा शुरू गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यसैगरी सभाले यो कम्पनी र अन्य कुनै पनि बीमा कम्पनी एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसका आधारमा माघ १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।