काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको शेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ । हाल कम्पनीको शेयर अनुपात ७०ः३० रहेको छ । साथै सभाले गुराँस र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा माघ १५ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । मर्जर प्रक्रियामा रहेको यस कम्पनीको शेयर कारोबार हाल रोक्का रहेको छ ।