ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

धमाधम ब्याजदर बढाउँदै भारतीय बैंक : घर, अटो र व्यक्तिगत कर्जा महँगियो

२०७९ माघ, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतीय बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका छन् । बैंकले घर, अटो र व्यक्तिगत कर्जा तर्फका विभिन्न स्किमको ब्याजदर बढाएका  हुन् ।

युनियन बैंक अफ इन्डियाले सबै अवधिका कर्जामा एमसीएलआर (कोषको सीमान्त लागतमा आधारित ब्याजदर) बढाएको छ । बैंकका वेबसाइटअनुसार बैंकले जनवरी ११ देखि लागू हुने गरी २०२३ को फेब्रुअरी १० सम्मका लागि एमसीएलआर बढाइएको छ । यो वृद्धिसँगै बैंकको ओभरनाइट एमसीएलआर बढेर ७ दशमलव ६५ प्रतिशतमा पुगेको छ ।

बैंकको १, ३ र ६ महिने ब्याजदर बढेर क्रमश : ७ दशमलव ८ प्रतिशत, ८ प्रतिशत र ८ दशमलव २ प्रतिशत पुगेको छ । तीन वर्षे एमसीएलआर ८ दशमलव ७५ प्रतिशत छ भने दुई र एक वर्षे एमसीएलआर क्रमशः ८ दशमलव ६ प्रतिशत र ८ दशमलव ४ प्रतिशत भएको छ । बैंकको बेस रेट जनवरी १ देखि ९ दशमलव २५ प्रतिशत छ । 

ब्याजदरमा भएको हेरफेरले अहिले घरकर्जा लिइरहेकाहरुको साथै भविष्यमा ऋण लिने योजना बनाइरहेका ऋणीहरु पनि मर्कामा पर्नेछन् ।

धितोमा ऋण लिएर घर किनेका वर्तमान घरधनीहरुमाथि भने धितोको कर्जा कति तिर्न बाँकी छ सो अनुसार प्रभाव फरक पर्नेछ  । एचडीएफसी बैंक लिमिटेड, आईसीआईसीआई बैंक, बैंक अफ इन्डिया र बैंक अफ बरोदा लागयत अन्य बैंकहरुले पनि एमसीएलआर ३५ आधार विन्दुसम्म बढाएका छन् । पञ्जाब नेशनल बैंक, क्यानरा बैंक र यूनियन बैंक अफ इन्डियाले पनि रिपो दरमा आधारित घर कर्जाको ब्याजदर पनि बढाएका छन् । 

भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले रिपोदर बढाएपछि सरकारी र निजी क्षेत्रका कयौं बैंकहरुले घर र अटो कर्जाको ब्याजदर बढाएका छन् । रिपो दर बढेपछि बैंकहरुको कोषको लागत पनि बढ्छ । फलतः घर कर्जा, कार कर्जा र व्यक्तिगत कर्जामा ब्याजदर बढ्छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro